काभ्रे बस दुर्घटना : ३१ जनाको मृत्यु उद्दार कार्य जारी

साउन ३१, काभ्रे  –  – काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ३१ वटा शव भेटिएको छ । उद्धारको काम भइरहेको घटनास्थलमा रहेका दुर्गावहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अहिलेसम्म २० जनाको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाउने काम शुरु भएको पनि उहाँले जानकारी दिनुभयो ।

अस्थायी हेलिप्याड बनाएर हेलिकोप्टर मार्फत घाइतेलाई उपचारका लागि लैजाने प्रयास पनि भइरहेको त्यहीं रहेका विर्ता देउराली गाविसका सव इन्जिनियर नरेश कार्कीले जानकारी दिनुभयो । सुरक्षाकर्मी र स्थाीयवासीले अहिलेपनि उद्धारको काम गरिरहेका छन् । बसमा ५० भन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ । दिउँसो साढे १ बजे बा ३ ख १०६ नम्बरको बस काभ्रेको बिर्ता देउराली– ९ को खहरे भिरबाट खस्दा दुर्घटना भएको हो ।