उसेन बोल्टले सय मिटरमा फेरि जिते स्वर्ण

साउन ३१,काठमाडौं – उसेन बोल्टले लगातार ३ ओलम्पिकमा ३ वटा स्वर्ण जित्ने इतिहास रचेका छन्। उनले रियोमा सोमबार बिहान ७ बजेर १० मिनेटमा भएको सय मिटर दौडमा उनले आफ्ना सबै प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण जिते।

बोल्टले सय मिटर दौड ९ दशमलव ८१ सेकेन्डमा पुरा गरेका थिए। बोल्टलाई बेइजिङ ओलम्पिकदेखि उछिन्ने कुनै खेलाडी निस्किएका छैनन्। उनले आफ्ना प्रतिद्वन्द्वी अमेरिकाका जस्टिन ग्याटलिनलाई फेरि एकपल्ट निरास पारे। एथेन्समा ग्याटलिनले स्वर्ण जितेका थिए।

तर, बेइजिङमा बोल्टको ‘इन्ट्रि’ भएपछि उनलाई हराउन कसैले सकेका छैनन्। ग्याटलिनले यसपालि पनि रजतमा चित्त बुझाउनु पर्यो।

ग्याटलिनले सय मिटर दौड ९ दशमलव ८९ सेकेन्डमा पुरा गरेका थिए। क्यानडाका आन्द्रे डे ग्रासेले कास्य जिते।

उनले ९ दशमलव ९१ सेकेन्डको समय निकाले। बोल्टको ओलम्पिकमा यो सातौ स्वर्ण हो।