नेपालको पुनर्निमार्णमा थप सहयोग गर्न चीन तयार

साउन २७, काठमाडौँ – नेपालको पुनर्निर्माणमा ठूलो सहयोग गर्दै आएको छिमेकी राष्ट्र चीनले थप सहयोग गर्न तयार रहेको बताएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीसँगको भेटमा चाइना इन्टिच्युट अफ कन्टेम्पररीका अध्यक्ष जी झोइले नेपालको पुनर्निमाणमा थप सहयोग गर्न चीन तयार रहेको जानकारी दिएका हुन् ।
झोइ नेतृत्वको टोलीले बुधबार साँझ सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमै आएर सीइओ ज्ञावालीसँग भेटघाट गरेको थियो । भेटका क्रममा चिनीयाँ टोलीले चीन सरकारले उपलब्ध गराएको सहयोगबाट पुननिर्माण हुने आयोजनाहरु बारे चासो व्यक्त गरेको थियो ।
नेपालको पुनर्निर्माणका लागि चीनले करिब ५० अर्ब रुपैयाँ उपलब्ध गराएको छ । चिनियाँ सहयोगमा रसुवा स्याफ्रुबेसी सडक, विद्यालय,अस्पताल, स्मार्ट भिलेज, प्राकृतिक सम्पदा लगायत बनाउने तयारी भइरहेको छ ।
चिनीयाँ टोलीले सरकार, निजी क्षेत्र र जनताको सामूहिक प्रयासबाट पुनर्निर्माणका कामहरु अघि बढ्न सक्ने भएकाले स्रोतको कमी हुन नदिन चीन सरकार थप सहयोग गर्न तयार रहेको बताएको हो ।