रियल मड्रिड बन्यो युइएफए सुपर कपको च्याम्पियन

साउन २६ ,काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । नर्वेको लार्केन्डर स्टेडियममा गएराति भएको खेलमा युरापा लिग च्याम्पियन सेभल्लालाई ३–२ गोल अन्तरले हराउँदै रियलले उपाधि उचालेको हो । स्ट्राईकर क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, टोनी क्रस र पेपेबिनै खेलेको रियललाई २१ औँ मिनेटमा आसेन्सीओले पहिलो गोल गर्दै अग्रता दिलएका थिए । तर ४१ औँ मिनेटमा सेभिल्लाका भाजक्वेजले बराबरी गोल फर्काए । ७

२ औँ मिनेटमा कोनोप्लेयन्काले गोल गरेपछि सेभिल्लाले २–१ अग्रता लियो । तर इन्जुरी समयमा रामोसले रियलका लागि बराबरी गोल फर्काए र निर्धारितग सयम २–२ को बराबरीमा सकियो । त्यसपछि थप गरिएको समयको १५ मिनेटमै रियलका डिफेन्डर डानी कारभाहालले गोल गरेपछि रियल उपाधि जित्न सफल भएको हो । रियलले अहिलेसम्म तीन पटक सुपर कपको उपाधि जितेको छ ।