साउन २४,डोटी – दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन्। पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन। सर्ट मेसिन गन एक थान र दुईवटा लोडेड म्याग्जिन हराएको सैनिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार आइतबारदेखि घटनाबारे अनुसन्धान सुरु भएको छ। यसअघि स्थानीय सञ्चारमाध्यममा हतियारसहित जवान भागेको समाचार प्रकाशन प्रसारण भएको थियो। उक्त समाचारप्रति सेनाले आपत्ति जनाएको थियो।

पृतनाभित्रबाट कुनै पनि जवान गायब नभएको तर हतियारबारे छानबिन भइरहेको स्रोतको भनार्इ छ।

हातहतियार गणना तथा जाँच भइरहेकै बेला सेनाले काठमाडौंबाट विशेष टोलीलाई हेलिकप्टरमा झिकाएर अनुसन्धान तीब्र बनाएको छ।