माओवादीभित्र मन्त्रीका आका‌ंक्षाी धेरै, नेताहरुबीच रस्साकस्सी

साउन २१,काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिएसँगै उनको दलभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन्।

बिहीबार दाहालको सपथलगत्तै कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री एवं गौरीशंकर चौधरी कृषि र दलजित श्रीपाइली युवा तथा खेलकुद मन्त्री नियुक्त भए। ओली सरकारमा पार्टीबाट मन्त्री पठाउँदा थारु र दलित छुटेको भनेर दाहालले बिहीबार बसेको हेडक्वाटर बैठकमा उनीहरुको नाम प्रस्ताव गरेका थिए।

निवर्तमान उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई प्रस्ताव गरे पनि महराले उपप्रधानसहित अर्थमन्त्रीको सपथ ग्रहण गरे।

ुटोपबहादुरजीले प्रभाकरजीलाई अर्थमन्त्रालय दिएर महरालाई अरु कुनै मन्त्रालय दिए पनि हुने कुरा राख्नुभएको थियो,ु एक माओवादी नेताले भने, तर ३ बजे राष्ट्रपतिकहाँ पुग्नुपर्ने हतारोबीच अध्यक्षले महराजीकै नाम अघि सार्नुभयो।शर्मालाई दाहालले सञ्चारमन्त्री प्रस्ताव गर्ने सम्भावना रहेको पार्टी स्रोतले बतायो।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ महाधिवेशनअघि दुवैतर्फबाट तीन(तीन मात्रै मन्त्री पठाऔं भनी प्रस्ताव गरेको पनि दाहालले बैठकमा जानकारी गराएका थिए। दाहालले देउवाको आग्रह सुनाएपछि बाँकी मन्त्रीबारे हेडक्वाटर बैठकमा छलफल नै हुन सकेन।

नेता नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने आकांक्षी धेरै भए पनि क्षमता र समावेशिता दुवैको सन्तुलन मिलाउदै टिम व्यवस्थापन गर्न सल्लाह दिएको बताए।