नालामा जमेको पानीमा डुबेर एक वृद्धाको मृत्यु

साउन २०, उर्लाबारी – मोरङको सुन्दरदुलारी–२ स्थित नालीमा जमेको पानीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीया वृद्धा आइतीमाया तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।

गछिया चोकबाट घरतर्फ जानेक्रममा वृद्धा तामाङको नालीमा जमेको पानीमा डुबेर बुधवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।