प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरे

साउन १८,काठमाडौँ – प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झा, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

एमालेले भने प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय तर प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छ ।

प्रधानमन्त्री पदको उम्मेदवारी दर्ताका लागि विहान ११ बजेदेखि अपराहृन ४ बजेसम्मको समय तोकिएको छ ।प्रधानमन्त्री पदको चुनाव १९ गते बुधबार विहान ११ बजे संसदमा हुनेछ ।