प्रचण्ड जस्ता म्यादी प्रधानमन्त्रीलाई देशविदेश कसैले विश्वास गर्दैन – डा. बाबुराम भट्टराई

साउन १७, दाङ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड म्यादी प्रधानमन्त्री बन्न लागेकले उनले केही गर्न नसक्ने बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले सोमवार बिहान तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले म्यादी सरकारले सुरुदेखि नै काम गर्न नसक्ने र त्यस्ता प्रधानमन्त्रीलाई देश विदेश कसैले विश्वास नगर्ने बताएका हुन ।
डा. भट्टराईल भने ‘ सुरुमै नौं महिना म्याद तोकेर आएको म्यादी सरकारले कति कामगर्न सक्छ,सरकार फेर्ने र कुर्सी साटासाट कुनै नौंलो कुरा होइन ।’ उनले मुलुकको मौसमी प्रकृतीको संसदीय खिचडी प्रणालिएको अन्त्य नहुँदा सम्म राजनीतिक स्थायित्व हुनै नसक्ने जिकिर गरे । डा. भट्टराईले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र व्यवस्थापिका संसद पूर्ण समानुपातिक बनाउनु अपरिहार्य रहेको बताए ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा डा. भट्टराईले आगामी निर्वाचन सम्म नयाँ शक्ति पार्टी बैकल्पिक शक्तिका रुपमा उदाउने जिकिर गरे ।
जेठ ३० मा घोषणा गरिएको नयाँ शक्ति पार्टी पुरानो पार्टीको लाईनमा थपिएको अर्काै एउटा पार्टी मात्रै नहुने बरु मुलुकको आर्थिक विकास र सम्वृद्धीको एजेण्डा आत्मसाथ गरेर अगाडि बढेको पार्टी भएको जिकिर गरे । पुराना पार्टीहरु पुराना साषण सत्ता भत्काउन मात्रै बनेकोले अव उनीहरुको औचित्य सकिएको दाबी गरेका उनले नेपालका कम्यूनिष्ट पार्टीहरु स्टिालिन सैलिमा र केन्द्रिय ढाँचामा निर्माण गरिएको बताए ।
सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भएको बताएका डा. भट्टराईले तर स्वार्थपुर्तीको लागि उग्र नक्कली राष्ट्रवाद देखाउनु देश हितमा नभएको बताए । तर उनले भारत संगको सन्धि सम्झौता सन्तुलित नभएकोले त्यसमा पुनरावलोकन आवश्यक रहेको जोड दिए । उनले भने ‘ म प्रधानमन्त्री हुँदा खेरी नै प्रवुद्ध समुह निर्माण भएको हो र त्यही समुहको सहयोगमा सिमावर्ती समस्या अनि डुवानको समस्या हल गर्न सकिन्छ ।’ डा. बाबुराम भट्टराई सहितका केन्द्रीय नेताहरु पार्टीको प्रदेश नं. ५ को प्रशिक्षणका लागि दाङ आएका हुन । कार्यक्रमको सहजीकरण कल्वका सचिव विमल गौतमले गरेका थिए ।