ग्यास सिलिन्डरमा लागूऔषध !

साउन १५,काठमाडौं –फरक शैलीबाट लागूऔषध ओसारपसार गर्ने प्रवृत्ति मौलाएको छ। भारतको रक्सौल हुँदै हेटौंडा भएर देशभर फैलाइने लागूऔषध ओसारपसार गर्नेले फरक शैली अपनाउँदै आएको भेटिएको हो।

हेटौंडा–१७, लच्कामा शुक्रबार प्रहरीले ग्यास सिलिन्डरभित्र लागूऔषध राखेर जाँदै गर्दा अभियुक्तलाई पक्राउ गरेको छ।

पाँच केजीको ग्यास सिलिन्डरको पिंध काटेर काठमाडौं लैजाने प्रयास गर्दा ९ सय एम्पुल डाइजेपाम र फिनार्गन बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीले बताइन्।

लच्कामा चेकिङ गर्ने क्रममा ना १ ज २८९३ नम्बरको सुमो रिजर्भ गरेर ल्याइएको अवस्थामा ग्यास सिलिन्डरभित्र लागूऔषध फेला परेको हो। यसमा संलग्न दुईजनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले बताइन्।