मोडल करिश्मालाई ननाचे बोर हुन्छ रे, हेर्नुहोस् छमछमी नाच्ने तिजको यो भिडियो

काठमाडौँ – यि सुन्दरी छमछमी नाचेको देख्दा नबहकिने मन कस्को होला ? अझ तिजको छेकोमा मन लोभ्याउने नृत्यमा छिनीएको बारुली कम्मर मरक्क मर्काउँदा तिजका चेलीहरुको मनमा के बित्ला ? पछिल्लो समयकी चल्तिकी मोडल करिश्मा र टेरीसाले गरेको कलात्मक अभिनयलाई समेटेर रोमान्टिक शैलीमा तयार गरीएको सेल्फी भाग २ नामक भिडियो हालै सार्वजनिक गरिएको छ ।

teej

 

जसलाई सेल्फी गायिका लक्ष्मी मल्ल र सिल्पा बस्नेतले ल्याएका हुन् । निर्देशक बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोको पछिल्लो समय चर्चा बढीरहेको छ । जसको रिलिज भएको केही दिनमा नै भिडियोलाई ५० हजार बढी दर्शकले हेरीसकेका छन् ।भिडियोको छायांकन पवन गौतम र दुर्गा पौडेलले संयुक्त रुपमा गरेका हुन् । जसको सम्पादन मिलन विकले गरेका हुन् । भिडियोलाई कामना डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्नुस्