कसरी बन्दै छ नयाँ सरकार ?

साउन ११,काठमाडौं– नयाँ सरकारमा मन्त्रालय बाँडफाँडदेखि सरकार सञ्चालनको कार्यविधि बनाउन कांग्रेस–माओवादीले दोस्रो पुस्ताका चार नेतालाई सक्रिय बनाएका छन्।

कांग्रेस नेता विमलेन्द्र निधि, रमेश लेखक र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र वर्षमान पुन अनन्त यसका लागि खटिएका छन्। यी नेताले मंगलबारबाट पहिले मन्त्रालय बाँडफाँडमा छलफल चलाउनेछन्। त्यसपछि मात्रै आ–आफ्ना पार्टीभित्र नेताहरूको नाममा छलफल गर्ने तयारी भएको छ।

कांग्रेस माओवादीबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ । कांग्रेस र माओवादीबीच भएको छलफलमा १३ मन्त्रालय कांग्रेस र नौ मन्त्रालय माओवादीले लिने यसअघि नै सहमति भएको थियो।

गठबन्धनमा आउने अन्य दलहरूको विषय प्रस्ट भएपछि ती मन्त्रालय संख्यामा पनि केही तलमाथि पर्न सक्ने छलफलमा सहभागी नेताहरूको भनाइ छ।

जो नयाँ सरकारको पक्षमा छन्

नेपाली कांग्रेस
माओवादी केन्द्र
नेकपा संयुक्त
राप्रपा
फोरम लोकतान्त्रिक
संघीय समाजवादी फोरम
तमलोपा
सद्भावना पार्टी
तमसपा
रामसपा
थरुहट तराई पार्टी राष्ट्रिय मञ्च थरुहट
समाजवादी जनता पार्टी
नेपाल जनता दल
फोरम गणतान्त्रिक
नेपाः राष्ट्रिय पार्टी
नेपाल सद्भावना पार्टी

प्रतिपक्षमा बस्न निश्चित गरेका दल
एमाले
राप्रपा नेपाल
नेकपा माले
नेमकिपा राष्ट्रिय जनमोर्चा

अनिर्णीत दल

नेपाल परिवार दल
बहुजन शक्ति पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)
खम्बुवान राष्ट्रिय मोर्चा
अखण्ड नेपाल पार्टी
जनजागरण पार्टी मधेस
समता पार्टी
दलित जनजाति पार्टी