अबको दुई सातामा नेपालले पाउँछ नयाँ प्रधानमन्त्री

साउन १०,काठमाडौं –अबको दुईसातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ।

राष्ट्रपतिले आदेश गर्न बाधा अड्काउ फुकाउ संसदबाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ।

नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरुबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहेको र प्रक्रिया सहज भएकाले दुई हप्तामा नयाँ प्रधानमन्त्री छानिने कानुन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाले बताए।