बेपत्ता महिला मृत फेला

साउन ८,काठमाडौं – बैतडीको तल्लोस्वोराड क्षेत्रमा पर्ने मेलौली गाविसकी एक महिला बेपत्ता भएको तीन दिनपछि मृत फेला परेकी छिन् ।

प्रहरीका अनुसार मेलौली गाविस–८ का दानसिंह क्षेत्रीकी २१ वर्षीया श्रीमती सेतुदेवी क्षेत्री मृत फेला परेकी हुन्।

मृत भेटिएकी महिला यही साउन ५ गते घरबाट स्थानीय सामुदायिक वनमा घाँस काट्न गएको बताइएको छ।

बेपत्ता भएकी महिलाको खोजी गर्दा शुक्रवार राति बैतडीको बिशालपुर गाविस–५ स्थित सूर्नया नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।