भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा

साउन ८,काठमाडौं – अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारढा नेपालका रुपन्देही र कपिलबस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ।

सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो।

भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार र्दै सडक उच्च र पक्कि बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे।

बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको नेपाल किसानसंघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए।