झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

साउन ४,दमक – ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मोरङ र झापाको सिमानामा रहेको मावा पुलमा मंगलबार बिहान को १ ख ३५७० नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्री दमक–८ की ३७ वर्षीया जसु तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान पौने ५ बजेतिर मर्निङ वाकका क्रममा तामाङलार्इ ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट उर्लाबारी–३ का ३१ वर्षीय भूपेश राई गम्भीर घाइते भएका छन्। उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।