सरकारबारे माओवादी मतभेद सतहमा

साउन ३,काठमाडौं –नेकपा माओवादी केन्द्रभित्र कांग्रेससँग गठबन्धन बनाउने विषयलार्इ लिएर असन्तुष्टि देखिएको छ।

आइतबार लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले सरकार फेरबदलसम्बन्धी निर्णयमा पारदर्शिता नभएको भन्दै असन्तुष्टि राखेका हुन्।

श्रेष्ठ पक्षले वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारलार्इ दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय राजनीतिक दृष्टिकोणले सही भएपनि पद्धतिमा त्रुटि भएको भन्दै आत्मालोचना गरेको दाबी गरेको छ। तर, प्रचण्ड पक्षले बैठकमा आत्मालोचनाको कसनै प्रसंग नआएको भन्दै प्रतिवाद गरेको छ।

‘सरकारबाट फिर्ता हुने निण्र्मायमा जुन शैली अपनाइयो त्यसले पार्टीको प्रतिष्ठामा क्षति पुग्न गएको छ,’श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो,‘जुनसुकै बाटो र प्रक्रियाबाट भएपनि निर्णय भइसकेको अवस्थामा अब क्षतिलाई जतिसक्दो घटाउनु बुद्धिमानी हुन्छ। अध्यक्षले यसबारे सोच्नुपर्यो।’

श्रेष्ठभन्दा अघि बोल्दै नेता रामबहादुर थापाले केपी ओली सरकारबाट परिवर्तनका एजेन्डा उल्टाउने कदमलाई बल पुगिरहेका कारणबाट सरकारबाट माओवादी फर्कनु राजनीतिक दृष्टिले उचित कदम भएको बताएका थिए।