फ्रान्सको नाइस शहरमा ट्रकले किचेर कम्तिमा ८० जनाको मृत्यु

असार ३१,एजेन्सी – फ्रान्सको नाइस शहरमा ट्रकले किचेर कम्तीमा ८० जनाको मृत्यु भएको छ।

फ्रान्सको दक्षिणी शहर नाइसमा ‘बास्टिल डे’ मनाइरहेका बेला भिडमा छिरेको ट्रकले किचेर कम्तीमा ८० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन।

फ्रान्सका राष्ट्रपतिले उक्त घटनालाई आतंकारी प्रकृतिको संज्ञा दिएका छन्।

फ्रान्समा सन् २०१५ मा पनि यस्ता खालका दुईवटा हमला भएका थिए। पहिलो हमला सन् २०१५ को जनवरीमा पेरिसमा भएको थियो भने दोस्रो हमला पेरिसमै नोभेम्बरमा भएको थियो। गत नोभेम्बरमा भएको आक्रमणमा १३० जनाले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए।