सेरोगेसी खुलाउने बाटो बन्द

असार ३१ काठमाडौ –
सर्वोच्च अदालतले सेरोगेसी (कोख भाडामा लिई बच्चा जन्माउने विधि) सेवामा सरकारले नै रोक लगाएको भन्दै त्यसविरुद्ध दायर मुद्दा खारेज गरेको छ।

प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले विहीबार यस्तो फैसला सुनाउँदै पुनःसरोगेसी सेवा खुलाउने सरोकार पक्षको बाटो बन्द गरिदिएको हो।

केही निजी अस्पतालले अबैध रुपमा सरोगेसी सेवा सञ्चालन गरेको दाबी गर्दै अधिवक्ता पुष्पराज पाण्डेय, प्रवीण पन्दाकंलगायतले २०७२ भदौ ६ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरोगेसी सेवा तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

लगत्तै सरोगेसी सेवा सञ्चालन गवर्दै आएको ग्रान्डीसिटी अस्पतालले आदेशविरुद्ध रिट दर्ता गराएको थियो। दुवै मुद्दालाई एकै स्थानमा राखेर सर्वोच्चले बिहीबार यस्तो फैसला गरेको हो।

सरकारले स्वास्थ्य निर्देशिका परिमार्जन गरी सरोगेसी सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गरेकाले थप आदेश जारी गर्नु नपर्ने भन्दै खारेजी फैसला सुनाएको हो।