सुचना प्रविधिमा नेपालीको पहुँच विकसित मुलुकसरह

असार ३०,काठमाण्डौ – नेपालको कुल जनसंख्यामध्ये २१.६ प्रतिशत गरिबीको रेखामुनि छन्। राष्ट्र नै अति कम विकसित मुलुकको सूचीबाट हुट्न सकेको छैन।सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि नै प्रश्न चिन्ह छ।

यी सबका बाबजुद पनि नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ।

हालै सार्वजनिक गरिएको विश्व सूचना प्रविधि प्रतिवेदन २०१६ ले विश्व्का १३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको अवस्थाको सूचकमा नेपाल ११८ औँ स्थानमा रहेको देखाएको छ।
तर, खरिद क्षमता सूचकमा भने नेपालको स्थान मात्र ३० औँमा छ।

विकसित मुलुकहरुकै स्थान नेपालभन्दा तल देखिन्छ। खरिद क्षमता सूचकमा जापान ४९, नर्वे २८, क्यानडा ६१, स्वीट्जरल्यान्ड ७०, अष्ट्रेलिया ५७, स्वीडेन २५, सिंगापुर ७२, जर्मनी ५५ औँ स्थानमा देखिन्छन्। जबकि अन्इ समृद्धिसम्बन्धी सूचांकमा यी मुलुक निकै अगाडि छन्।

अमेरिकामा सार्वजनिक भएका ग्याजेट साताभरमै नेपालीका हातमा आइपुग्छन्। महँगो ब्रान्ड एप्पलदेखि अन्य चलेका ब्राण्डका महँगा स्मार्ट फोन बोक्ने नेपालीको संख्या पनि बढ्दो छ। यी व्यवहारहरुका सूचना प्रविधिमा चासो र खरिद गर्ने तत्परता पनि बढी भएको पुष्टि वल्र्ड इकोनोमिक फोरमको पछिल्लो प्रतिवेदनलले गरेको छ।