प्रधानमन्त्रीको निर्णयमा राप्रपा नेपालले साथ दिन्छः कमल थापा

असार २९,काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापालेप्रधानमन्त्रीको अडानलाई साथ दिने भएको छ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेपनि प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि उनको निर्णयमा राप्रपा नेपालले समर्थन गरेको थापाले बताए।

राजीनामा, विश्वासको मत र अविश्वासको प्रस्तावको सामना, प्रमले जुन निर्णय लिए पनि राप्रपा नेपालले साथ दिनेछ,’ उनले भनेका छन्।