महंगो शुल्कले प्राविधिक पढ्न मुस्किल

असार २८,काठमाडौं –
एसएलसीमा न्यून जीपीए ल्याउने विद्यार्थीलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएका विद्यार्थीहरु पढ्नबाट बञ्चित हुने भएका छन्।

निजी संस्थाले १८ महिने टीएसएलसी प्राविधिक विषय पढ्न ८० हजारदेखि १ लाख ६० हजारसम्म शुल्क तय गरेपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएकाहरु ऋर्को वर्ष पुनः एसएलसी दिने मनसायमा पुगेका छन्।

१.६ भन्दा कम जीपीए आउने विद्यार्थीहरुलाई सरकारको प्राविधिक विषय पढ्ने व्यवस्था गरेको सुनेको थिएँ। स्कुलमा जस्तै सित्तैमा होला भन्ठानेको थिएँ, जुन विषय पढे पनि ८० हजारभन्दा कममा कतै पाइनँ,‘१।५ जीपीए आएका सन्तोष तामाङले भने।

प्राविधिक विषय पढ्ने विद्यार्थी बढ्ने भएपनि टीएसएलसी सञ्चालन गर्ने संस्था सञ्चालकले गत वर्ष लिँदै आएको शुल्कको दोब्बरसम्म बढाएका छन्।