नेपालको आन्तरिक मामीलामा भारतीय नेतालाई किन दोष दिन्छन् नेपाली नेताहरु ? : भारतीय विदेशमन्त्री स्वराज

काठमाडौं, असार २६ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको आन्तरिक मामीलाको विषयलाई जोडेर नेपाली नेताहरुले बेला बेलामा बित्थैमा दोष दिने गरेको बताएकी छिन् ।

भारत भ्रमणमा रहेको संसदको विकास समितिको टोलीसँग भारतीय विदेशमन्त्री स्वराजले भारतले नेपालमा सरकार बनाउने र गिराउने मामीलामा कुनै काम नगरेको बताउँदै सानातिना आन्तरिक मामिलामाआफ्नो देशलाई मुछिएको प्रति असन्तुष्टि व्यक्त गरिन् ।

सांसदहरुको टोलीसँग उनले भनिन् निर्णय दिने बेलामा प्रचण, शेरबहादुर देउवा लगायत नेताहरू बसेर सरकार परिवर्तनको सम्बन्धमा निर्णय लिन्छन्, तर दोषचाहिँ भारतलाई दिने ? सो अवसरमा सांसदहरुको टोलीसँग उनले भनिन् यतिबेला पनि सरकार फेर्ने हल्ला चलेको सुन्दैछु, तर नेपालमा भएको घटनाक्रम आफू अनभिज्ञ भएको उनको भनाई छ ।