डा. शशांक कोइरालाले जुस मात्रै होइन चकलेट पनि खाए, ह्विल चियरमा समेत घुमे

काठमाडौँ, २५, असार – डा शशांक कोइरालाको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएपछि उनलाई आईसियूबाट सामान्य कोठामा सार्ने तयारी गरिएको छ । ओम अस्पतालका डा लव जोशीका अनुसार शशांकको स्वास्थ्यमा उल्लेख्य सुधार देखिए पछि पर्सी बिहान सम्ममा आईसीयुबाट सामान्य कोठामा सार्ने तयारी गरिएको हो ।

हाल उनले जुस माथी माथि उठेर चकलेट खाएको र ह्विल चेयरमा समेत घुमेको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार यहि गतिमा जारी रहे आईसीयुबाट एकरदुई दिनमा सामान्य कोठामा सार्ने उल्लेख गर्दे डा जोशीले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स९एम्स०बाट आएका चिकित्सकको टोली समेत हाल के उपचार प्रकृया जारी राख्न बताएको जनाए ।