आमा बनेपछिकी रानी

काठमाडौँ असार २३ – निर्माता आदित्य चोपडासँग बिहे गरेकी अभिनेत्री रानी मुखर्जीले गत वर्षको डिसेम्बरमा छोरी जन्माइन् । छोरी पाएपछि उनी इटाली उडिन् ।

आमा बनेको सात महिनापछि उनी बिहीबार मुम्बई एयरपोर्टमा देखापरिन् । आमा बनेपछि यही नै उनको पहिलो ‘पब्लिक फेस’ थियो । बच्चा जन्माएपछि उनी निकै मोटाएकी छिन् । नयाँ पत्रिकामा खबर छ ।

कतिले त उनलाई चिन्न पनि मुस्किल पर्‍यो । रानीको ‘नयाँ अवतार’ देखेर मान्छेहरू चकित परे । एयरपोर्टमा उनीसँग न छोरी आदिरा थिइन्, न पति आदित्य नै ।