पोर्चुगलले युरोकप फुटबलको उपाधि जित्ने रोनाल्डोको विश्वास

एजेन्सी– क्रिष्टियानो रोनाल्डोले युरोकप फुटबल २०१६ को उपाधि पोर्चुगलले जित्ने विश्वास व्यक्त गरेका छन्।

१२ वर्षपछि युरो कप फुटबलको उपाधि नजिक पुगेको पोर्चुगलको सपना युरो कप फुटबलको उपाधि जित्ने भएको भन्दै रोनाल्डोले फाइनलमा जर्मनी वा फ्रान्स जो प्रतिद्वन्द्वी हुँदा पनि जित्ने विश्वास व्यक्ति गरे।

‘युरोकप फुटबल जित्ने हाम्रो सपना सुरु देखि नै हो,’रोनाल्डोले युइएएफएसँग भनेका छन्। ‘मलाई विश्वास छ, हामीले उपाधि जित्नेछौं र अन्तिममा त्यहाँ खुशीका आँशु झर्नेछन्,’रोनाल्डोले भने,‘मैले सधै भन्ने गरेको छु, मेरो सपना पोर्चुगललाई ट्रफी जिताउने हो। हामी त्यो समयको नजिकै छौं, मलाई विश्वास छ हामी जित्नेछौं।’

पोर्चुगलले अहिलेसम्म कुनै खालको उपाधि नजितेको स्मरण गर्दै रोनाल्डोले भने,‘सपना अझै जिवितै छ।’ पोर्चुगललाई फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका रोनाल्डोले वेल्सविरुद्ध गोल गर्दै फ्रान्सका मिचेल प्लाटिनीसँगको कीर्तिमानी बराबरी गरेका छन्।

पोर्चुगल सन् २००४ मा भएको युरोकप फुटबलको फाइनलमा ग्रिससँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो। क्रिष्टियानो रोनाल्डोले युरोकप फुटबल २०१६ को उपाधि पोर्चुगलले जित्ने विश्वास व्यक्त गरेका छन्।

१२ वर्षपछि युरो कप फुटबलको उपाधि नजिक पुगेको पोर्चुगलको सपना युरो कप फुटबलको उपाधि जित्ने भएको भन्दै रोनाल्डोले फाइनलमा जर्मनी वा फ्रान्स जो प्रतिद्वन्द्वी हुँदा पनि जित्ने विश्वास व्यक्ति गरे।

‘युरोकप फुटबल जित्ने हाम्रो सपना सुरु देखि नै हो,’रोनाल्डोले युइएएफएसँग भनेका छन्। ‘मलाई विश्वास छ, हामीले उपाधि जित्नेछौं र अन्तिममा त्यहाँ खुशीका आँशु झर्नेछन्,’रोनाल्डोले भने,‘मैले सधै भन्ने गरेको छु, मेरो सपना पोर्चुगललाई ट्रफी जिताउने हो। हामी त्यो समयको नजिकै छौं, मलाई विश्वास छ हामी जित्नेछौं।’

पोर्चुगलले अहिलेसम्म कुनै खालको उपाधि नजितेको स्मरण गर्दै रोनाल्डोले भने,‘सपना अझै जिवितै छ।’ पोर्चुगललाई फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका रोनाल्डोले वेल्सविरुद्ध गोल गर्दै फ्रान्सका मिचेल प्लाटिनीसँगको कीर्तिमानी बराबरी गरेका छन्।

पोर्चुगल सन् २००४ मा भएको युरोकप फुटबलको फाइनलमा ग्रिससँग पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।