रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी

असार १९ , काठमाडौँ – उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ।
यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको छ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘चयन गरिएका उत्पादनमूलक उद्योगहरुमा प्राविधकि क्षमता प्रगति’ विषयका अध्ययनअनुसार यो क्षेत्रमा अझै रोजगारी सम्भावना छ ।
अध्ययनमा यस्ता उद्योगलाई फलाम र इस्पातको वृद्धिसँगै जोडेर हेरिएको छ।
गुणस्तरमा सुधार, नियन्त्रित उत्पादनमूलक प्रक्रिया र मर्मत खर्चमा आएको कमी जस्ता कारणहरुले यो क्षेत्रको सम्भावना अझ बढेको सो अध्धयनमा उल्लेख छ ।
जसमध्ये ३५ प्रतिशत उद्योगमा ५० भन्दा कमले काम पाएका छन् भने १४ प्रतिशतमा २ सयभन्दा बढीले काम गर्छन्