त्रिभुवन विमानस्थलमा कर्मचारीबाटै डलर तस्करी

असार १९,काठमाडौं – त्रिभुवन विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेको छ।
असार ७ गते टर्मिनलमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने भरत सञ्जेललाई प्रहरीले आठ हजार डलरसहित पक्राउ गरेको थियो।
अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय ५० र २० दरको आठ हजार बराबरको अमेरिकी डलर फेला पारेको थियो।