किर्गिजस्तानमा ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का

रसिया, १२ असार – मध्य एसियाली मुलुक किर्गिजस्तानमा आइतबार ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पबाट मानवीय तथा भौतिक संरचनामा के कति क्षति भएको भन्ने विषयमा किर्गिजस्तानले केही बताएको छैन ।

भूकम्पको केन्द्रविन्दू चीन र ताजकिस्तानको सीमा नजिक रहेको किर्गिजस्तानको राजधानी विश्केकबाट ३९० दक्षिणमा पर्ने एउटा विकट ग्रामीण इलाकामा रहेको बताइएको छ ।

भूकम्प जमिनबाट १८ किलोमिटरको गहिराईबाट ग्रीनविच मिनटाइम अनुसार ११ः१५ बजे गएको यूएसजीएसले बताएको छ ।

पूर्व सोभियत सङ्घको मध्य एसियाली इलाकामा अवस्थित किर्गिजस्तानको हिमाली तथा पहाडी भूभागमा भूकम्पका दृष्टिकोणबाट संवेदनशील क्षेत्र हो ।