विषालु मदिरा बेचेको आरोपमा दुई पक्राउ, ज्यानमुद्दा चलाइयो

असार ११,महोत्तरी –घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरणमा संलग्न हुँदै आएका दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

प्रहरीका अनुसार हातीले गाविस–४ का नत्थु लामा भन्ने जगतबहादुर बुलन र सहतौला–६ का विनोद महरालाई पक्राउ गरिएको हो।

असार ४ गते उनीहरूको पसलबाट किनेर खाएको मदिराले पाँच जनाको ज्यान गएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकालाई ज्यान मुद्दा चलाइएको महोत्तरी प्रहरीले जनाएको छ।

सहतौला–६ का रामबृक्ष मल्लिक, रामप्रगास मल्लिक, गौशाला–७ का पञ्चा मल्लिक, उनकी श्रीमती कलावती देवी, औरही–३ क बद्री मल्लिकको घरेलु मदिरा सेवनबाट मृत्यु भएको थियो।