लोकगायिकाको परिवारैले पाएन नागरिकता

असार १० , बेसीसहर, –  गाउँसहरमा लमजुङ दरबार    मायालाई दिने थिएँ फूलजस्तो जोवन  भइसक्यो मेरो घरबार…….
कुनै बेलाको चर्चित यो लोकगीतसँगै सयौं गीतमा स्वर भरेकी लोकगायिका माया गुरुङ (देवीमाया) ले नेपाली नागरिकता खोज्दै सरकारी कार्यालय धाउन थालेको वर्षौं बितिसक्यो।
उनका पतिको परिवारले अन्तरजातीय विवाहलाई स्वीकार नगर्दा मायामात्र होइन उनका पति, तीन छोरी र दुई छोरा नागरिकताबाट वञ्चित भएका छन्।
लमजुङ बेसीसहर नगरपालिका–१५ नाल्मा डाँडागाउँका लेखमान गुरुङ र मायाले गरेको अन्तरजातीय बिहेलाई लेखमानका बुबाले अस्वीकार गरी उनलाई नै छोरा मान्न अस्वीकार गरेपछि यो समस्या सिर्जना भएको हो।
माया अहिले ५५ वर्ष लागिन्। लेखमान र उनको उमेर १५ दिनमात्र फरक छ। साबिक नाल्मा गाविस डाँडागाउँको बाक्लो गुरुङ बस्तीका बीचमा एकमात्र थापामगरको घर थियो। त्यही घरमा जन्मिएकी हुन् माया। गाउँमा एउटामात्र थापामगरको घर भएकाले संस्कृति, भेषभूषा र रहनसहन गुरुङ समुदायकै जस्तो थियो।
१३ वर्षदेखि नै लोकगीत गाउन थालेकी माया गाउँमा हुने रोधीघरको आकर्षण बन्थिन्। उनको सुरिलो स्वर र मिठा शब्दले युवा भुतुक्कै हुन्थे।
लेखमान र उनको घर नजिकै थियो। सानैदेखिका दौंतरी हुन् उनीहरू।
मायालाई परिवारको साथ थियो तर लेखमानले सानैदेखि परिवारबाट माया पाएनन्। मजदुरीका लागि भारत जाने(आउने गर्ने लेखमान पनि संगीतका पारखी हुन्। रोधीघरमा कहिले मादल, कहिले ुमाउथ हार्मोनीु ९मुखले बजाउने बाजा० उनकै जिम्मामा पर्थ्यो।
रोधीघरमा अंकुराएको प्रेमविवाहमा परिणत गर्ने दुवैको इच्छा थियो। तर भनेजस्तो सजिलो भने थिएन। लेखनाथका बुवा मनिराज गुरुङ अन्तरजातीय विवाहलाई पटक्कै रुचाउँदैन थिए। त्यतिबेला सम्झँदै मायाले भनिन्, ुबाबाले उहाँलाई कि मलाई रोज, मायालाई रोज भन्नुभए छ।
प्रेममा परेपछि भारत जान छाडेका लेखमान मायालाई छाड्न चाहँदैन थिए। अन्ततः आठ वर्ष लामो प्रेमसम्बन्ध विवाहमै परिणत गर्ने निर्णय गरे उनले।
ुप्रेमसम्बन्धमा परेपछि हाम्रो बिहे नहोस् भनेर धेरै प्रयास भयो,ु मायाले भनिन्, हाम्रो चोखो प्रेम थियो, एकअर्काप्रति विश्वस्त थियौं, जीवनमरणसँगै गर्ने कसम खाएर बिबाहबन्धनमा बाँधिएका थियौं।
यो दम्पतीले २०४३ सालमा अन्तरजातीय विवाह गर्दा गाउँमा त्यस्तो विवाह रुचाइँदैन थियो।गाउँमा समाजसेवीका रूपमा चिनिएका मनिराजले अन्तरजातीय बिहे गरेपछि लेखमानलाई छोरा नै हैन भन्ने गरेका छन्।
विवाह गरेको पाँच वर्ष भएदेखि नागरिकताका लागि पहल थालेकी मायाले अहिलेसम्म पनि प्रमाणपत्र पाउन सकेकी छैनन्। उनी त्यसबेला गाविसको सिफारिसका लागि गाविस सचिवकहाँ पुगे पनि आवश्यक कागजात नहुँदा रित्तै फर्किनुपर्यो। त्यसयता उनले नागरिकताका लागि लगातार पहल गरिरहेकी छन्।