डि र ई ग्रेडका सबैले थप अध्ययन गर्न नपाउने

असार १० , काठमाडौं – एसएलसीमा सहभागी सबैले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रायको निर्णय छ। तर, सबैले सिपमुलक तालिममा समेत अवसर नपाउने भएका छन्।
दुई विषयमा डि र ई ग्रेड आउने सबैका लागि पनि प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) मा क्षमता नभएको जनाएको छ।
सिटिइभिटीका सदस्य सचिव डा. रामहरी लामिछानेका अनुसार टि एसएलसी र डिपेलोमा तहको कार्यक्रमका लागि ४५ हजारको क्षमता छ। तर २०७२ सालको एसएलसीमा एउटै विषयमा झण्डै साढे एक लाख विद्यार्थीको ई ग्रेड आएको छ।
कक्षा ११ मा मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययन गर्न न्यूनतम जिपिए १।६ र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था छ । डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषय अध्ययन गर्न न्यूनतम जिपिए १।६ र अंग्रेजीमा न्यूनतम सी प्लस ल्याउनुपर्छ । तर, अंग्रेजीमा मात्र डी र ई ग्रेड आउनेको संख्या डेढ लाखभन्दा धेरै छ । अंग्रेजीमा मात्र डी ग्रेड आउने ८६ हजार ६० र ई ग्रेडमा ७१ हजार एक सय २४ जना छन् ।