द्वन्द्वगस्त देशबाट फर्कन चाहनेलाई सरकारले ल्याउने

असार १० , काठमाडौं – अफगानिस्तान, इराक, सिरिया र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमा पुगेका नेपाली कामदार फर्कन चाहेमा सरकारले निःशुल्क नेपाल ल्याउने भएको छ।
ती देशबाट फर्कन चाहनेको विवरण तयार गरेर फर्काउने व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
यसैबीच काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णयसमेत भएको वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले जानकारी दिए। घाइते सबैको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको सापकोटाले बताए।