नक्कली कम्पनी खोल्दै अफगानिस्तान बोलाउँदै

असार ७ ,काठमाडौं –
एक दशकदेखि गरिरहेको काममा चित्त बुझाएको भए भोजपुर, बालंखा–९ का मनिराज तामाङ यतिखेर नेपाली सेनामा कार्यरत हुन्थे। सायद उनको दैनिक गुजारमा कुनै समस्या हुँर्दैनथ्यो। न न्यायका लागि विभिन्न निकायमा हारगुहार गर्दैमा उनको दिन बित्थ्यो।

सुरक्षा गार्डको काम भन्दै अफगानिस्तान पुर्याइएका तामाङले त्यहाँ कुनै कम्पनी फेला नपारेपछि २६ दिनमै स्वदेश फर्किनुपर्यो।
तामाङसँगै सेनाको जागिर छोडेर अफगानिस्तान उडेका सर्लाहीका दीपेन्द्र खड्का नक्कली कम्पनी खोलेर वैदेशिक रोजगारीमा बोलाउने गिरोहका कारण धेरै युवा जोखिममा परेको बताउँछन्।
वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी बेरोजगार युवालाई दलालले विभिन्न बाहानामा ठगी गर्ने क्रम बढेको बताउँछन्। बैदेशिक रोजगारमा अफगान जान बैधभन्दा अवैध बाटो प्रयोग गर्नेहरुको संख्या पनि ठूलै पाइएको छ।