क्यानडाको सुन्दरी प्रतियोगीतामा नेपाली युवती

काठमाडौँ, ६ असार – नेपालबाट अध्यनका लागी यूरोप अमेरीका लगायतका विश्वका शक्तिशाली देशमा गएर आफ्नो प्रतिभा देखाउने नेपाली युवाहरुको संख्या दिनानुदिन बढीरहेको छ । यही मेसोमा झन्डै एक दशक देखी क्यानडा रहदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल ‘ यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् ।

रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको ‘मिसेस साउथ एसिया क्यानडा’ मा सहभागी हुन लागेकी सारा यो प्रतियोगिता टाइटल जित्ने सपना सहित आफ्नो तयारीमा ब्यस्त छिन् ।

जुलाई २३ मा क्यानडाको ब्राम्टोनस्थित रोज थियटरमा हुने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउनेछिन् । उनले यस्तो ठूलो प्रतियोगीतामा नेपाल र नेपालीको लागि गौरव बिषय बनेको बताइन् । एक दशक क्यानडामा बिताइसकेकी यि सुन्दरीको त्यहाँ आफ्नै ब्यबसाय छ ।