नेपालसँग भारतको असमझदारी हट्योः स्वराज

असार ६, काठमाडौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भारत सम्बन्धमा केही असमझदारी र कमी देखिए पनि त्यो हटेको बताएकी छिन्।

भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा आइतबार स्वराजले दुई देशबीच भएको द्विपक्षीय भ्रमणले असमझदारी हटेको बताएकी हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्षमा कुटनीतिक क्षेत्रमा गरेको प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन्।
नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशवीच सम्बन्ध चिसिएको थियो।