भानुआटुमा ६।६ म्याग्निच्युडको भुकम्प

सिड्नी (अस्ट्रेलिया), ५ असार । प्रशान्त महासागरिय प्रायद्वीप भानुआटुमा आइतबार ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले बताएको छ ।

भूकम्पबाट मानवीय तथा भौतिक क्षति भएको खबर आइतबार समाचार सङ्कलन गर्दासम्म आइनसकेको बताइएको छ । भूकम्पपछि ठूलो सुनामी आउनसक्ने चेतावनी भने दिइएको छैन ।

भानुआटु भूकम्प र ज्वालामुखीबाट बढी प्रभावित हुने प्रशान्त महासागरिय क्षेत्र हो ।

भूकम्पको केन्द्रविन्दू तान्नाद्वीपको इसाङगेल सहरबाट १०१ किलोमिटर दक्षिणपश्चिममा अवस्थित रहेको यूएसजीएसले बताएको छ ।

सन् २०१६ मा भानुआटुमा एकपछि अर्को गर्दै दर्जनौँ शक्तिशाली झट्का महसुस गरिएका छन् ।