सिरिया द्वन्द्वबारे अमेरिकाको धैर्य अन्तिम क्षणमा – केरी

ओस्लो (नर्वे), १ असार । अमेरिकी विदेशमन्त्री जोन केरीले बुधबार सिरिया द्वन्द्व र बसर अल असदको भाग्यबारे धैर्य बन्ने समय अन्तिम घडीमा पुगेको बताउनुभएको छ ।

रसियाले अब बुझ्नुपर्छ कि अमेरिकाले सिरियाको गतिविधि सम्बन्धमा जति पनि धैर्य रहन सक्ने छैन र राष्ट्रपति असद यसबारे जिम्मेवार बन्न र रसियाले यसमा सकारात्मक भूमिका खेल्न केरीले नर्वे भ्रमणका क्रममा बताउनुभयो ।

हामी सिरियाली प्रतिपक्षीलाई पनि जिम्मेवार भएर आउन अनुरोध गर्दछौँ, उहाँले भन्नुभयो ।

पाँच वर्ष लामो द्वन्द्व अन्त्यका लागि शान्ति वार्तामा अवरोध आएको र दमास्कस प्रशासनले इस्लामिक स्टेट समूह तथा सिरियाली दोस्रो सहर अलेप्पोका विद्रोही विरुद्ध चलाएको सैन्य अभियानप्रति चासो व्यक्त गर्नुभयो ।

विश्व शक्ति राष्ट्रले सिरियालाई द्वन्द्वबाट बाहिर ल्याउने प्रयास सन् २०१६ को फेब्रुअरीदेखि निरन्तर गरे पनि यसलाई साकार पार्न नसकिएको केरीको भनाइ छ ।