विप्लव माओवादीकाका कारण एनसेलको टावरमा सुरक्षा गस्ती बढाइयो

नेपालगन्ज, ३२ जेठ । बाँके जिल्लामा रहेका एनसेल मोबाइलको टावरमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले एनसेलका टावरमा आगजनी गर्न थालेपछि प्रहरीले टावर भएका क्षेत्रमा मोबाइल गस्ती बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विप्लव माओवादीका कार्यकर्ताले आइतबार बिहान जिल्लाको शम्शेरगन्ज–७ हबल्दारपुरमा रहेको एनसेलको टावरमा आगजनी गरी क्षति पु¥याएपछि प्रहरीले टावर क्षेत्रमा गस्ती बढाएको प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताउनुभएको छ ।

यस जिल्लामा रहेको एनसेलको करिब ५० भन्दा बढी टावरका लागि सुरक्षाकर्मी नखटाए पनि टावर क्षेत्रमा सुरक्षा गस्ती बढाइएको जनाइएको छ ।