संघीय संरचनमा प्रहरी संगठनः केन्द्रमा महानिर्देशक उमेर हद ६० वर्ष

जेठ २९ ,काठमाडौं – नेपाल प्रहरीमा ६० वर्षे उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरीक्षक रहने गरी संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनःसंरचनाको गृहकार्य सुरु भएको छ।

केन्द्र र प्रदेशको प्रहरी संरचना, सञ्चालन, सुपरीवेक्षण र समन्वयबारे सरकार र संसदको राज्य व्यवस्थाले गृहकार्य थालेको हो।

सरकारले पूर्व प्रहरी महानिर्देशक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले प्रहरीमा ६० वर्षे उमेरको हदसहित प्रहरी पुनःसंरचनाबारे संसदको राज्यव्यवस्था समितिमा प्रतिबेदन बुझाएको छ।

हाल ५८ वर्षे उमेर हदको व्यवस्था छ। कार्यदलले केन्द्रमा महानिर्देक (हालको प्रहरी महानिरीक्षकको सट्टा) रहने र उनको कार्यकाल तीन वर्षको हुने प्रस्ताव गरेको छ।

यस्तै प्रहरी नायब महानिर्देशक, प्रहरी सहायक महानिर्देशक, बरिष्ठ उपरीक्षकसहित केन्द्रमा १२ तह हुने प्रस्ताव कार्यदलले गरेको छ।