बारले राष्ट्रपतिलाई उक्सायो,‘दललाई दबाब देऊ’

जेठ २७ , काठमाडौं – राष्ट्रपति विद्यादेबी भण्डारीले आफ्नो सीमाभित्र रही संसदको नियमावली बनाउने कार्यमा पहल गर्ने कानुन व्यवसायीहरुलाई बचन दिएकी छिन्।

नियमावली नभएका कारण हेरक क्षेत्रमा नियुक्ति प्रक्रिया अड्किरहेका बेला राष्ट्रपति भण्डारीले आफ्नो सीमाभित्र रही त्यसबारेमा आफूले पहल गर्ने बचन दिएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष मोतीराज गौतमले जानकारी दिए।

राष्ट्रपति भण्डारीसँग बुधवार नेपाल बारका पदाधिकारी र सदस्यहरुको भेटघाट भएको थियो। सो अबसरमा कानुन व्यवसायीहरुले राजनीतिक दलहरुको खिचातानीले गर्दा नियमावली बन्ने अवस्था नभएको र यसले गर्दा मुलुक नै संकटमा पर्दै गएको भनी राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए।

कानुन व्यवसायीहरुले सबै राजनीतिक दलहरुका शीर्ष नेताहरुलाई डाकी नियमावली निर्माण गर्नका लागि दबाब दिन आबश्यक भइसकेको भनी राष्ट्रपतिलाई सुझाव दिएको बताइएको छ।