एकिकृत बस्ती बनाउने अभियानमा धुर्मुस–सुन्तलीका नाममा अष्ट्रेलियाबाट आयो १२ लाख

काठमाडौँ, २६ जेठ – भूकम्पपीडितहरुको लागि दोस्रो एकिकृत बस्ती बनाउन राती दिन लागीपरेका धुर्मुस सुन्तलीलाई सहयोग आउने क्रम जारी छ । यसैबिच हास्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे ९धुर्मस र सुन्तली०लाई अष्ट्रेलियाबाट करिब १२ लाख रुपैयाँ सहयोग संकलन गरेर पठाइएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार उक्त रकम अष्ट्रेलियाको सिड्नी र एडिलेडमा रहेका युवाहरुले सामुहिक रुपमा यो रकम संकलन गरेका हुन् । संकलित रकममध्ये करिब आधा रकम पठाइसकिएको छ भने अन्य रकम फाउण्डेसनलाई चाँडै हस्तान्तरण गरिने फाउन्डेसनले जनााएको छ ।