मलेसियाबाट २ महिनामा डेढ सय कामदार फिर्ता

काठमाडौं, जेठ २६ -बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले अनफिट भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ। दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन्। यो संख्या निकै ठूलो हो।

बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ। विगतमा परम्परागत तरिकाबाट स्वास्थ्य परीक्षण गर्दा कतिपय कामदारलाई मलेसियाले विभिन्न रोग देखाएर फिर्ता पठाउने गरेको थियो। अन्नपूर्ण पोस्टमा समाचार छ।

बायोमेट्रिक त्यस्तो नहुने आश्वासनसहित मलेसियाकै दबाबमा नेपालमा यो प्रणाली लागू भइरहेको छ। कामदारका लाथिग निकै खर्चिलो यो प्रविधिबाट परीक्षण भरपर्दो हुन्छ अनि कामदारले मलेसिया पुगेर फिर्ता हुनुपर्दैन भन्ने हो।