बरिष्ठ संगीतकार गुरुङको निधन

काठमाडौं, २५ जेठ – नेपाली राष्ट्रिय गानको धुनका रचनाकार तथा संगीतकार अम्बर गुरुङको मंगलबार बिहान निधन भएको छ । ग्राण्डी अन्तराष्ट्रिय अस्पताल ७९ वर्षको उमेरमा निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।

ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई गत सोमबार अस्पताल लगिएको थियो । उनलाई एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव ९युजीआइ ब्लिडिङ०, पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेह रोग लागेका थिए । गुरुङको जन्म भारतको दार्जीलिङमा बि.सं. १९९४ साल फागुन १४ गते भएको थियो ।

उनले १९६१ मा नौलाख तारा बोलको गीत रेकर्ड गराएका थिए । महाकबि देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि संगित दिएका थिए । गुरुङका पत्नी, तीन छोरा र एक छोरी छन् ।