गरिब जिल्लामै छुटे ‘गरिब’

जेठ २५,काठमाडौं –बाजुरा अर्थात मुलुकको सबैभन्दा गरिब जिल्ला। ६१ प्रतिशत जनता गरिबीको दुष्चक्रमा पिल्सिएको यस जिल्लामा सरकारले हालै गरेको तथ्य संकलनमा भने गरिब नै छुटाइएका छन्।

सूचीमा बरु सरकारी कर्मचारी र स्थायी शिक्षकका नाम छन्। गरिबीको तथ्य संकलन क्रममा न्यूनतम आधारभूत आवश्कयताबाटै बञ्चित वर्ग भने छुटेको छ।

सूचीकृतमध्ये २० प्रतिशत राम्रो आम्दानी भएका परिवारको नाम छ। ‘स्थायी शिक्षकदेखि सरकारी सेवामा कार्यरत स्थायी जागिरे तथा कर्मचारीसमेत गरिबको सूचीमा पारिएका छन्,’कैलाशमाडौं गाविस सचिव खगेन्द्र साउद भन्छन्,‘संक्रमणकर्ताको कमजोरीस्ले वास्तविक गरिबको नाम छुटेको छ, पहुँचवालाले आफ्नो नाम दर्ता गराएका छन्।’

गाविससँग समन्वय गरी तथ्यांक संकलन गर्न भनिएपनि गणकले मनोमानी गरेको स्थानीयको आरोप छ।