मन्त्री पासवानलाई एयर एम्बुलेन्स मार्फत थप उपचारका लागी दिल्ली लगिँदै

काठमाडौँ, २४ जेठ । एक सातादेखि अस्वस्थ रहेका जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ। प्याङ्क्रियाजमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत मन्त्री पासवानको प्याङ्क्रियाज सुन्निएको र खाएको कुरा नपच्ने समस्या देखिएको छ ।

यसैबिच उनलाई दिल्लीबाट नै मगाइएको एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ । मन्त्री पासवानका स्वकीय सचिव रोशन पासवानका अनुसार ुनेपालतर्फको खराब मौसमका कारण पुअर भिजिविलिटीका कारण यस्तो उपाय अपनाइएको हो । पासवानलाई लिन एयर एम्बुलेन्समै चिकित्सकको टोली समेत आउने बताइएको छ ।