एमालेका सात सय नेताले पाए जिम्मेवारी

जेठ २२,काठमाडौं –एमालेले ३१ केन्द्रीय विभागलाई पूर्णता दिएको छ। यससँगै करिब सात सय नेता–कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन्। एमालेमा संगठन, प्रचार, पार्टीको आन्तरिक मामिला र राजकीय मामिलासँग जोडिने विभाग छन्।
महासचिव ईश्वर पोखरेल नेतृत्वको तीन सदस्यीय कार्यदलले विभागमा रहने नेता–कार्यकर्ताको नाम टुंग्याएको हो। कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य थिए। ४ वैशाखको केन्द्रीय कमिटी बैठकले विभागको टुंगो लगाउने जिम्मा कार्यदललाई दिएको थियो।
३१ विभागमध्ये १४ मा संस्थापन र १७ मा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू प्रमुख छन्। विभागीय प्रमुखलाई काम गर्न सहज हुनेगरी सदस्यको नाम टुंग्याइएको छ। समग्रमा नेपाल पक्षका नेता–कार्यकर्ता बढी हुनेगरी विभागले पूर्णता पाएको छ।