दलितको कार्यक्रममा सीडीओ गएनन्

जेठ २२,चितवन –
नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दसौं वर्ष प्रवेशका अबसरमा शुक्रवार जिल्ला विकास समिति चितवनको सभाहल भरतपुरमा विचार गोष्ठीको आयोजना गरिएको थियो।

स‌युक्त राजनीतिक दलित संघर्ष समिति चितवनद्वारा आयोजित गोष्ठीमा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी विनोप्रकाश सिंह थिए। तर कार्यक्रममा निम्तो दिँदा उपस्थित हुने बताएका प्रजिअ अन्तिम समयमा आएर कार्यक्रममा भने आएनन्।

दुई घन्टासम्म कुर्दासमेत प्रजिअ सिंह कार्यक्रममा नआएपछि आयोजकले दलित वर्ग समन्वय समितिका उपाध्यक्ष मीनबहादुर विश्वकर्मालाई प्रमुख अतिथि बनाएका थिए। प्रमुख अतिथि नै कार्यक्रममा नआएपछि अन्तिममा बाध्य भएर प्रमुख अतिथि नै अर्को व्यक्तिलार्इ बनाउनु परेको आयोजकले बताएका छन्।