धर्मनिरपेक्षता स्वीकार्य हुँदैन –अध्यक्ष थापा

इटहरी, २१ जेठ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुको बाहुल्य रहेको नेपाललाई विदेशीको इसारामा धर्म निरपेक्ष राज्य बनाइएकाले त्यो स्वीकार्य नहुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा राप्रपा नेपालले आज आयोजनामा गरेको हिन्दुत्व जागरण अभियानमा उहाँले धर्मनिरपेक्षताको नाममा हिमाली र पाहाडी क्षेत्रमा पैसाको आडमा धर्म परिवर्तन गराउने कार्य डढेलोझै अघि बढेको दाबी गर्नुभयो ।

डरत्रास र धम्कीका भरमा ९४ प्रतिशत हिन्दुलाई बलपूर्वक हिन्दु धर्म परिवर्तन गर्न लगाएकोप्रति आक्रोस पोख्दै परराष्ट्रमन्त्रीसमेत रहनुभएका थापाले नेपाली जनतालाई एक आपसमा भिडाउने षड्यन्त्र सुरु भएकाले सवै सचेत हुनुपर्ने बताउनुभयो ।

भूमिसुधारमन्त्री रामकुमार सुब्बाले नेपालमा पुरानो समस्याको रुपमा रहेको सुकुम्वासीको विषयमा आफ्नो मन्त्रालयले विस्तृत अध्ययन सुरु गरेको बताउनुभयो ।

उहाँले चाँडोभन्दा चाँडो मन्त्रालयले सुकुम्वासीको समस्या दीर्घकलीनरुपमा समाधान गर्ने दाबी गर्नुभयो ।