बास्केटबलमा नेपालले दोहोरो जित निकाल्यो

काठमाडौँ, २० जेठ । बङ्गलादेशमा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरो सफलता हात पारेको छ ।

ढाकामा भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६५–६४ को साँघुरो अन्तरले पराजित ग¥यो । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर ग¥यो । नेपालको जितमा आशिष बस्नेतले २६ अङ्क योगदान गरे । नेपालले कुनै पनि स्तरको खेलमा श्रीलङ्कालाई हराएको यो पहिलो पटक हो ।

बुधबारै भएको अर्को खेलमा नेपालले आयोजक बङ्गलादेशलाई ५७–५४ ले हरायो । नेपालले १५–५, १८–१८, १४–१३ र १०–१८ अङ्क जोड्यो । नेपालका लागि निश्चल महर्जनले १५ अङ्क बटुले । चार राष्ट्र सहभागी प्रतियोगिताअन्तर्गत आज नेपालले आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।